महिला उद्यमी महासंघ नेपालले नेप्को इन्टरटेन्मेन्ससँगको सहकार्यमा अष्ट्रेलियामा ‘मेड इन नेपाल एक्स्पो २०२४’ आयोजना गर्दै

  • Topic:

    महिला उद्यमी महासंघ नेपालले नेप्को इन्टरटेन्मेन्ससँगको सहकार्यमा अष्ट्रेलियामा ‘मेड इन नेपाल एक्स्पो २०२४’ आयोजना गर्दै
  • Date: November 22, 2024

Description

मंसिर ०७, २०८१, शुक्रबार, काठमाडौँ ,

महिला उद्यमी महासंघ नेपालले नेप्को इन्टरटेन्मेन्ससगँको सहकार्यमा अस्ट्रेलियाको मेलवर्न (495 Lygon St, Brunswick East VIC 3057, Melbourne, Australia) मा मेड इन नेपाल एक्स्पो २०२४ को आयोजना गर्न लागिरहेको छ । नेप्को इन्टरटेन्मेन्सको आयोजनामा हुन लागेको सो मेलामा महिला उद्यमी महासंघ नेपाल सह-आयोजकको रुपमा आफ्नो भुमिका निवार्ह गर्न गइरहेको छ । मेला यही आगामी १४ र १५ डिसेम्वर २०२४ मा स्थानिय समय अनुसार विहान १० बजेबाट साँझ ५ बजे सम्म सञ्चालन हुन गइरहेको छ ।

महिला उद्यमी महासंघ नेपाल अन्र्तराष्ट्रिय स्तरमा आयोजना हुन लागेको प्रर्दशनी मेलामा पहिलो पटक सह आयोजकको रुपमा आफ्नो भुमिका वहन गर्न लागिरहेको व्यहोरा यसै पत्रकार सम्मेलन मार्फत जानकारी गराउन चाहन्छौ। यस मेलामा नेपाली कच्चा पदार्थहरुका साथै स्थानिय सिप तथा प्रविधिको
प्रयोगबाट उत्पादन भएका वस्तु तथा सेवाहरुलाई विक्री एवं प्रर्दशनीका लागि राखिनेछ। सो मेलामा महासंघले नेपाली उद्यमीहरुद्धारा उत्पादन गरिएका हस्तकला, कृषि, शिक्षा, पर्यटन, खाद्य उत्पादनका साथै नेपाली सास्कृतिक उत्पादनहरुको प्रर्वद्धन, प्रर्दशन तथा विक्रि वितरण गर्नेछ । यस मेलामा
सहभागिताबाट नेपाली उद्यमीहरुलाई ब्यवसायी देखि ब्यवसायी (B2B) र ब्यवसायी देखि उपभोक्ता (B2C) सम्मको सम्पर्क तथा समन्वयको लागि उत्कृष्ठ अवसरहरुको खोजीमा मद्दत पुग्ने अपेक्षा तथा विश्वास लिइएको जानकारी गराउन चाहन्छौ ।

यस मेलाको आयोजनाको क्रममा शिक्षा क्षेत्रका व्यक्तित्वहरु, विद्यार्थीहरु,पर्यटक तथा पर्यटन व्यवसायीहरु पनि सहभागीताले नेपालमा अन्र्तराष्ट्रिय पर्यटकहरुको आगमनमा वृद्धी हुनुका साथै अन्र्तराष्ट्रिय स्तरका व्यवसायीहरु तथा लगानीकर्तालाई नेपाली उद्योगहरुमा लगानीका लागि अवसरहरु
प्राप्त हुने भएकाले नेपालको सामाजिक तथा आर्थिक विकासका लागि यस मेलाले महत्वपुणर् भुमिका निवार्ह गर्नेमा महासंघ पुणर् रुपमा विश्वस्त रहेको छ।


यस मेलामा सहभागिता मार्फत नेपाली उद्यमीहरुका उत्पादनहरुको अन्र्तराष्ट्रिय बजारमा पहँुच पुग्नुका साथै विक्रिवितरणका लागि दिर्घकालिन अवसर प्राप्त हुनेछ । नेपाली उद्यमीहरुले लघु,घरेलु,साना तथा मझौला उद्योगहरु मार्फत वस्तु तथा सेवाहरुको उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेका छन्। तर अन्र्तराष्ट्रिय बजारसम्म पहुँच नपुगेको विषयलाई मध्यनजर गर्दै अस्ट्रेलियाको मेलवर्नमा एक स्थायी विक्रि कक्षको स्थापना तथा सञ्चालन गर्ने लक्ष्यका साथ तयारी गरिरहेको छ । महासंघको यस प्रयासले उद्यमीका उत्पादनलाई अन्र्तराष्ट्रिय बजारमा पहँुच पुर्याउन एक साझा पुलको रुपमा आफ्नो
भुमिका निवार्ह गर्नेछ । यस मेलालाई भव्यताका साथ सम्पन्न गर्न सम्पुणर् उद्यमीहरुलाई साथ, सहयोग ,सहकार्य तथा हातेमालो आह्वान गर्न चाहन्छौ ।